Kathmandu Press

सर्लाहीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते

सर्लाही, माघ ४ : सर्लाहीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९ स्थित नोचामा आज (मंगलबार) दिउँसो...
सर्लाहीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते

सर्लाही, माघ ४ : सर्लाहीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९ स्थित नोचामा आज (मंगलबार) दिउँसो ना५ख ५०५५ नम्बरको बस दुर्घटनामा परेको थियो।

पश्चिमबाट पूर्वतर्फ गइरहेको सो बसमा १७ जना सवार थिए। उनीहरु सबै घाइते भएको जिल्ला प्हरी  कार्यालय सर्लाहीले जनाएको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

घाइतेहरुको हरिवनस्थित नमुना अस्पताललगायत अन्य स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको जनाइएको छ। 

प्रकाशित मिति: १७:३७ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्