राहदानी विभागका १५ कर्मचारीमा कोरोना संक्रमण, अत्यावश्यकबाहेकका सेवा स्थगित
काठमाडौं, माघ ४ : राहदानी विभागका १५ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक सेवाबाहेक अरू सेवा तत्कालका लागि स्थगित गरिएको छ।उपचारका लागि विदेश जानुपर्ने र अन्य...
काठमाडौं, माघ ४ : राहदानी विभागका १५ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक सेवाबाहेक अरू सेवा तत्कालका लागि स्थगित गरिएको छ।
उपचारका लागि विदेश जानुपर्ने र अन्य अत्यन्त जरुरी परेकालाई बाहेक अरू सेवा तत्कालका लागि राहदानी नदिइने विभागले जनाएको छ।
राहदानी विभागका प्रमुख डोरनाथ अर्यालका अनुसार अति आवश्यक परेका व्यक्तिलाई मात्र तत्काल राहदानी बनाइने बताए । ‘राहदानी विभागका ८५ जना कर्मचारी छन्, १५ जनामा कोराना संक्रमण पुष्टि भएको छ,’ उनले भने, ‘त्यसैले अत्यावश्यक परेकालाई मात्र सेवा दिने भनेर सूचना जारी गरेका हौं।’
उनका अनुसार अत्यावश्यक परेकाहरूले राहदानी विभागमा इमेल गरेपछि विभागले तोकेको समयमा आएर राहदानी बनाउन सक्नेछन्। अन्यलाई तत्काल कार्यालय प्रवेशमा रोक लगाइएको उनले जानकारी दिए।
विभागले यसअघि दिएको बुकिङ तथा टोकन पनि हाललाई स्थगन गरिएको उनले बताए। अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङको प्राथमिकताका आधारमा सेवा दिइने विभागको भनाइ छ।











