Kathmandu Press

कोशी अस्पतालका ४६ जना कर्मचारीलाई कोरोना पुष्टि 

काठमाडौं, माघ ४ : मोरङको विराटनगरस्थित कोशी अस्पतालका ४६ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ।अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार मंगलबारसम्म अस्पतालमा कार्यरत...
कोशी अस्पतालका ४६ जना कर्मचारीलाई कोरोना पुष्टि 

काठमाडौं, माघ ४ : मोरङको विराटनगरस्थित कोशी अस्पतालका ४६ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार मंगलबारसम्म अस्पतालमा कार्यरत ४६ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

उनका अनुसार ८ जना डाक्टर, १७ जना नर्स, परामेडिक्स, एक्स–रे, ल्याबका प्राविधिक, सफाइ कर्मचारीलगायत गरी ४६ जनालाई संक्रमण देखिएको हो ।

संक्रमित मध्ये ४२ जना होम आइसोलेसनमा छन् । चार जना भने काममा फर्किएको उनले बताए ।

 

प्रकाशित मिति: १७:१४ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्