Kathmandu Press

भक्तपुरमा आजमात्रै २८१ जनाले लगाए 'बुस्टर डोज'

काठमाडौं, माघ ४ : भक्तपुर नगरपालिकाले मंगलबार मात्रै दुई सय ८१ जनालाई कोरोना विरुद्धको बुस्टर डोज दिएको छ । जसमध्ये ६५ जना पुरुष र १६...
भक्तपुरमा आजमात्रै २८१ जनाले लगाए 'बुस्टर डोज'

काठमाडौं, माघ ४ : भक्तपुर नगरपालिकाले मंगलबार मात्रै दुई सय ८१ जनालाई कोरोना विरुद्धको बुस्टर डोज दिएको छ । 

जसमध्ये ६५ जना पुरुष र १६ जना महिला गरी जम्मा ८१ जनाले भेरोसेलको बुस्टर डोज र १३२ जना पुरुष र ६८  जना महिला गरी जम्मा दुई सय जनाले कोभिसिल्ड बुस्टर डोज दिइएको नगरपालिकाले जनाएको छ। 

Hardik ivf

बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने सफाइ मजदुर, चालक, जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारीहरुलाई दिइएको हो ।

सोही क्रममा नेमकिपा वागमती प्रदेश सांसदद्वय सुरेन्द्रराज गोसाइँ, सृजना सैंजु, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी तथा भक्तपुर नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यलगायतले बुस्टर डोज लगाएका छन् ।

खोप लगाउनेहरुमध्ये जनप्रतिनिधि ३१, कर्मचारी २५० जना जसमध्ये सफाइ मजदुर ६३ जना, ड्राइभर ७ र पत्रकार ४ जना र बाँकी जनप्रतिनिधि र कर्मचारी रहेको नगरपालिकाले जनाएको छ । 

बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्ने र यसअघिको खोप कार्ड पनि अनिवार्य साथमा लानुपर्ने व्यवस्था गरेको छ ।
 

प्रकाशित मिति: १६:४४ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्