Kathmandu Press

पाकिस्तानद्वारा अफगानिस्तान भूकम्पमा भएकाे जनधनको क्षतिप्रति दुःख व्यक्त

इस्लामाबाद, माघ ४ पाकिस्तान सरकारले मंगलबार पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। अफगानिस्तानको पश्चिमी भागको बादघिस प्रान्तमा जनवरी १७...
पाकिस्तानद्वारा अफगानिस्तान भूकम्पमा भएकाे जनधनको क्षतिप्रति दुःख व्यक्त

इस्लामाबाद, माघ ४ : पाकिस्तान सरकारले मंगलबार पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। 

अफगानिस्तानको पश्चिमी भागको बादघिस प्रान्तमा जनवरी १७ मा गएको भूकम्पबाट भएको धनजनको क्षतिप्रति  गहिरो दुःख व्यक्त गरेको पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

Hardik ivf

विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तान सरकार र जनताले आफ्ना प्रियजनहरू गुमाउनेहरूका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ र यस भूकम्पमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।’ अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा सोमबार दिउँसो गएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या २२ पुगेको प्रान्तीय अधिकारीले मंगलबार बताएका छन्।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले तुर्कमेनिस्तानसँग सीमा जोडिएको बदघिसको प्रान्तीय राजधानी काला–ए–नाउबाट ४० किलोमिटर पूर्वमा भूकम्प गएको जनाएको छ। यस क्षेत्रमा धेरै पराकम्पन पनि महसुस गरिएको छ। 

प्रकाशित मिति: १६:२३ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्