Kathmandu Press

उपत्यकामा एकै दिन ५७१४ संक्रमित थपिँदा काठमाडौंमा मात्रै ४००४ जना

पछिल्लो २४ घन्टामा थपिएकासहित उपत्यकामा सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ।
उपत्यकामा एकै दिन ५७१४ संक्रमित थपिँदा काठमाडौंमा मात्रै ४००४ जना

काठमाडौं, माघ ४ : काठमाडौं उपत्यकामा एकै दिन ५ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं जिल्लामा मात्रै ४ हजार ४ जना संक्रमित थपिएका छन्। त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः ९७५ र ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सोमबार देशभर १० हजार २५८ जना संक्रमित थपिएका छन्। यसअनुसार कुल संक्रमितको आधाभन्दा बढी संख्या उपत्यकामै रहेको छ।

पछिल्लो समय संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि दिनानुदिन बढिरहेको छ।

पछिल्लो २४ घन्टामा थपिएकासहित उपत्यकामा सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ। तीमध्ये काठमाडौंमा १७ हजार ७०९, ललितपुरमा ४ हजार ४७१ र भक्तपुरमा २ हजार ३९६ जना रहेका छन्।    

देशभर भने सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ। देशभरिको तुलनामा उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या आधाभन्दा धेरै पुगेको छ।

प्रकाशित मिति: १६:१६ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्