Kathmandu Press

सर्वोच्चले माघ १८ गतेसम्म सेवा कटौती गर्ने, जरुरी निवेदनको सुनुवाई नराेकिने

काठमाडौं, माघ ४ : सर्वोच्च अदालतले बुधबारदेखि माघ १८ गतेसम्म नियमित सेवा कटौती गर्ने भएको छ।  मंगलबार बसेको पूर्ण बैठक (फुलकोर्ट) ले कोरोना महामारी...
सर्वोच्चले माघ १८ गतेसम्म सेवा कटौती गर्ने, जरुरी निवेदनको सुनुवाई नराेकिने

काठमाडौं, माघ ४ : सर्वोच्च अदालतले बुधबारदेखि माघ १८ गतेसम्म नियमित सेवा कटौती गर्ने भएको छ।  मंगलबार बसेको पूर्ण बैठक (फुलकोर्ट) ले कोरोना महामारी बढ्दै गएका कारण जोखिम न्यूनीकरण गर्न नियमित सेवामा कटौती गर्ने निर्णय गरेको हो। 

अब सर्वोच्चले ६ प्रकारका मात्रै सेवा दिनेछ। बन्दी प्रत्यक्षीकरण तथा कोरोना भाइरस महामारीसँग सम्बन्धित जरुरी प्रकृतीका निवेदन, मुद्दा तामेली एवं मिलापत्र सम्बन्धी निवेदनको सुनुवाई हुनेछ। 

त्यस्तै फोजदारी मुद्दामा थुनुवामा रहेका यसैगरी हेर्दाहेर्दै र निर्णय सुनाउने भनी मिति तोकिएका, सरकारले दर्ता गरेको तर अर्को पक्ष झिकाउने भन्ने आदेश नभएका पुनरावेदनको पनि सुनुवाइ हुनेछ।

मुद्दा÷निवेदन दर्ता गर्ने, पेशी र अन्य तारेख दिने काम नियमित हुने अदालतको निर्णयमा उल्लेख छ । उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरणहरुको हकमा स्थानीय परिवेश हेरेर आवश्यक निर्णय लिने भनी सर्वोच्चबाट निर्णय भएको छ ।


 

प्रकाशित मिति: १५:४९ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्