Kathmandu Press

भक्तपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी, के–के मा लगाइयो प्रतिवन्ध ? (पूर्णपाठ)

माघ ७ गतेदेखि जिल्लाका सबै सार्वजनिक निकाय सेवाका लागि खोप लगाएको कार्डको फोटो अनिवार्य, सपिङ मल लगायत पसलहरूमा एक पटकमा २५ जनाभन्दा बढी मानिस हुन नहुने, जनस्वास्थ्यका मापदण्डको पुर्ण पालना गर्ने लगाउने लगायतका आदेशहरू उल्लेख गरिएका छन्। 
भक्तपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी, के–के मा लगाइयो प्रतिवन्ध ? (पूर्णपाठ)

काठमाडौं, माघ ४ : कोरोना संक्रमणदर बढ्दै गएपछि यसको रोकथामका लागि जिल्ला प्रशासन कार्यालय, भक्तपुरले मंगलबार राती १२ बजेदेखि जारी हुने गरि २७ बुँदे आदेश जारी गरेको छ। 

उक्त आदेश अनुसार, माघ मसान्तसम्म सभा, भेला जस्ता धेरै मानिसको भीड हुने क्रियाकलाप गर्न पाइने छैन। यस्तै, माघ १५ गतेसम्मका लागि पठनपाठनका संस्थाहरूमा भर्चुअल वा वैकल्पिक शिक्षण विधि अपनाउने, माघ मसान्तसम्मका लागि मठमन्दिर तथा धार्मिक स्थलमा नित्य पूजा मात्र गर्ने भएको हो।  

यस्तै, माघ ७ गतेदेखि जिल्लाका सबै सार्वजनिक निकाय सेवाका लागि खोप लगाएको कार्डको फोटो अनिवार्य, सपिङ मल लगायत पसलहरूमा एक पटकमा २५ जनाभन्दा बढी मानिस हुन नहुने, जनस्वास्थ्यका मापदण्डको पुर्ण पालना गर्ने लगाउने लगायतका आदेशहरू उल्लेख गरिएका छन्। 

साथै सार्वजनिक यातायातको हकमा सबै यात्रुले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, क्षमताभन्दा बढी यात्रु नराख्ने, चालक र सहचालकले फेस सिल्डको अनिवार्य प्रयोग, सवारी साधन दैनिक निसंक्रमित (स्यानिटाइज) गर्नुपर्ने आदेश जारी भएको हो। 

यस्तै, होटल तथा रेष्टुरेन्टहरू जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरि सञ्चालन गर्न पाउनेछन्। भने माघ ७ गतेदेखि खोप कार्डको वा सोको फोटो देखाएर मात्र सेवाग्राहीलाई होटलमा प्रवेश गर्न अनुमती दिनुपर्ने उल्लेख गरिएको छ। होटलमा बास बस्नेहरूको भने एन्टिजेन परिक्षण गरि प्रत्यक ७२ घण्टामा सोको विवरण डिसिसिएमसीलाई उपलब्ध गराउनु पर्नेछ। 

जिल्ला प्रशासन कार्यालय, ललितपुरले जारी गरेको आदेश पालना नगरेको खण्डमा सो व्यक्ति वा संस्थालाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही र सजाय हुने कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १५:३३ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्