Kathmandu Press

आशिफ र प्रदीपको कीर्तिमानी साझेदारी, आर्मीलाई २३१ रनको फराकिलो लक्ष्य 

काठमाडौं, माघ ४ : प्रधानमन्त्री कप टि–ट्वान्टी क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफले आर्मीविरुद्ध २३१ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ। मंगलबार त्रिवि क्रिकेट मैदानमा फाइनलका...
आशिफ र प्रदीपको कीर्तिमानी साझेदारी, आर्मीलाई २३१ रनको फराकिलो लक्ष्य 

काठमाडौं, माघ ४ : प्रधानमन्त्री कप टि–ट्वान्टी क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफले आर्मीविरुद्ध फराकिलो लक्ष्य प्रस्तुत गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे विभागीय डर्बीमा आर्मीले २ विकेटकाे क्षतिमा २३१ रनकाे फराकिलाे लक्ष्य प्रस्तुत गरेकाे हाे।

टस हारेर पहिलो ब्याटिङ गरेको एपिएफका लागि आशिफ शेख र प्रदीप ऐरीले १५० रनको कीर्तिमानी साझेदारी गरेका छन्। ओपनिङ ब्याट्सम्यानको रुपमा मैदान प्रवेश गरेका आशिफले सर्वाधिक ८४ रन बनाए। उनले ५३ बलमा १० छक्का र ५ चौका प्रहार गरे। 

प्रदीप ऐरीले रन प्रहार गर्दै अविजित रहे। उनले ५३ बलमा ७ चौका र १ छक्का प्रहार गरे। कप्तान शरद भेष्वाकर भने ६ बलमा २ चौका प्रहार गरी ९ रन बनाएर आउट भए। 

अर्का ब्याट्सम्यान लोकेश बम  ६६ रन बनाउँदै अविजित रहे । १८ बल खेलेका लोकेशले ९ छक्का र २ चौकाको विस्फोटक ब्याटिङ गरे। 

बलिङतर्फ जितेन्द्र मुखिया र सुनिल श्रेष्ठले एकएक विकेट लिए। 

विभागीय डर्बीमा बिजयी हुने टोलीले उपाधिका लागि पुलिससँग प्रतिस्पर्धा गर्नेछ। 
 

प्रकाशित मिति: १५:२१ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्