मधेस प्रदेशमा भोलि पनि सार्वजनिक बिदा
जनकपुरधाम, माघ ४ : मधेस प्रदेशमा भोलि (बुधबार) पनि सार्वजनिक बिदा हुने भएको छ।प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम टुंगो लागेको खुसियालीमा आज (मंगलबार)...
जनकपुरधाम, माघ ४ : मधेस प्रदेशमा भोलि (बुधबार) पनि सार्वजनिक बिदा हुने भएको छ।
प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम टुंगो लागेको खुसियालीमा आज (मंगलबार) सार्वजनिक बिदा दिइएको थियो। भोलि पनि सार्वजनिक बिदा हुने भएपछि त्यहाँ दुई दिन लगातार बिदा हुने भएको हो।
बुधबार मधेस बलिदानी दिवस परेकाे छ। २०६३ माघ ५ गते मधेस आन्दोलन सुरु भएको थियो। साेही दिनको स्मरणमा प्रदेश सरकारले सो दिन सार्वजनिक बिदा दिंदै आएको थियो। प्रदेश सरकारले यसपटक पनि बलिदानी दिवस भाेलि राजविराजमा मनाउने निर्णय गरेको छ।
यही दिवसको अवसरमा मधेस आन्दोलनमा सहिद भएका ५७ जनाका परिवारलाई ३ लाख रुपैयाँका दरले सहयोग वितरण गर्ने तयारी पनि प्रदेश सरकारले गरेको छ।
प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











