Kathmandu Press

साउदी नेतृत्वको सेनाद्वारा यमनमा हवाई हमला, ६ हुथी विद्रोहीको मृत्यु

साउदी नेतृत्वको सेनाद्वारा यमनमा हवाई हमला, ६ हुथी विद्रोहीको मृत्यु

साना, माघ ४ : साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति राजधानी सानामा हवाई हमला गरेको छ। सो हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन्।

 यमनी सेनाका एक अधिकारीका अनुसार सोमबार राति भएको सो हमलामा परी अरु कैयौँ हुथी विद्रोही घाइते पनि भएका छन् ।

हुथीहरुको बाहुल्यता रहेको यमनको राजधानी सानामा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगत लामो समयदेखि हवाई हमला गर्दै आएको छ। सोमबारको सो आक्रमण पनि हुथीहरुलाई लक्ष्य गरेर गरिएको थियो। त्यस क्रममा उनीहरुका कैयौँ आश्रयस्थल भत्काइदिएको बताइएको छ।

प्रकाशित मिति: १३:३४ बजे, मंगलबार, माघ ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्