Kathmandu Press

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ राखेको विरोधमा जनकपुरमा प्रदर्शन

काठमाडौं, माघ ४ : दुई नम्बर प्रदेशको नाम मधेश प्रदेश राखिएको भन्दै जनकपुरमा एक समूहले विरोध प्रदर्शन गरेको छ। मंगलबार बिहान मधेशको पहिचान र...
प्रदेश २ को नाम ‘मधेश प्रदेश’ राखेको विरोधमा जनकपुरमा प्रदर्शन

काठमाडौं, माघ ४ : दुई नम्बर प्रदेशको नाम मधेश प्रदेश राखिएको भन्दै जनकपुरमा एक समूहले विरोध प्रदर्शन गरेको छ। मंगलबार बिहान मधेशको पहिचान र संस्कृती मेटाउन खोजिएको आरोप लगाउँदै युवाहरुको समूहले विरोध प्रदर्शन गरेका हुन्। 

उनीहरुले सांसदहरुको पुत्लासमेत जलाएका छन्। प्रदेशको संस्कृती र पहिचान जोगाउनका लागि ‘मिथिला–भोजपुरा’ राख्नुपर्नेमा ‘मधेश प्रदेश’ राखेर प्रदेशका बासिन्दाहरुको भावनामा निर्मम प्रहार गरिएको एक युवकले बताए। 

प्रदेश २ को नाम ‘मिथिला–भोजपुरा’ राख्नका लागि आफूहरुले विगत चार वर्षदेखि आन्दोलन गर्दै आइरहेको पनि उनले बताए। 

पर्साको वीरगंजमा एक समूहले मधेश प्रदेशको राजधानी वीरगंज नबनाएको भन्दै मुख्यमन्त्री लालबाबु राउतको विरोध गर्दै पुतला दहन गरेका छन्।

प्रदेश सरकारले भने नामाकरण र प्रदेशको राजधानी तोकेको खुशीयालीमा सार्वजनिक बिदा दिएको छ।

प्रकाशित मिति: १३:१७ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्