Kathmandu Press

बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी 

सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी बैठकमा स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई सुझाव दिने तयारी छ। साथै कोरोना नियन्त्रण लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी 

काठमाडौं, माघ ४ : उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान मंगलबार बिहान पौने १० बजेपछि सुरु भएको बैठक जारी छ। 

सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी बैठकमा स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई सुझाव दिने तयारी छ। साथै कोरोना नियन्त्रण लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

सरकार सञ्चालनमा सहयोग गर्न काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा काँग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव  सदस्य छन् । 

साथै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन्। आजको बैठकमा अध्यक्ष नेपाल कोरोनाका कारण उपस्थित भएका छैनन्।

प्रकाशित मिति: १०:११ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्