Kathmandu Press

सांसद आचार्यलाई धुञ्चेमा सम्मान

रसुवा, माघ ४ : प्रेस युनियन रसुवाले यहाँका जनप्रतिनिधिलाई सम्मान गरेको छ।पहिलोपटक कांग्रेस केन्द्रीय सदस्य पदमा विजयी भएका सांसद मोहन आचार्यका साथै बागमती...
सांसद आचार्यलाई धुञ्चेमा सम्मान

रसुवा, माघ ४ : प्रेस युनियन रसुवाले यहाँका जनप्रतिनिधिलाई सम्मान गरेको छ।

पहिलोपटक कांग्रेस केन्द्रीय सदस्य पदमा विजयी भएका सांसद मोहन आचार्यका साथै बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने पार्टी पदाधिकारीलाई धुञ्चेमा एक कार्यक्रमबीच सम्मान गरेको हो।

यसरी सम्मानित हुनेमा कांग्रेस केन्द्रीय सदस्य आचार्यका साथै बागमती प्रदेशको ‘क’ र ‘ख’ बाट सभापति पदमा चयन भएका श्यामकुमार गुरूङ तथा बुचुङ तामाङ, बागमती प्रदेशको पार्टी सदस्य पदमा प्रतिनिधित्व गर्ने त्रयो लामाकार्पु तामाङ, उपेन्द्र लम्साल एवं महिलातर्फ शेषकुमारी अधिकारी रहेका छन्।

यसैगरी नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाको हालै सम्पन्न अधिवेशनबाट जिल्ला सभापति पदमा निर्वाचित पेम्वाछिरिङ तामाङ, उपसभापतिद्वय ओमप्रसाद आचार्य तथा फुर्पुवाङ्दी तामाङ, सचिवद्वय लक्ष्मण देवकोटा र उत्तम थापा, सहसचिवद्वय लछिन तितुङ एवं पासाङ तामाङलाई समेत सम्मान गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य आचार्यले यो सम्मान कार्यक्रम अविस्मरणीय भएको बताउँदै आफ्नो इमान धर्मलाई आत्मसात् गर्दै पत्रकारबाट निष्पक्षरूपमा सही र सत्य समाचार निरन्तर प्रवाह हुनेमा आफू आशावादी रहेको बताए। (रासस)

प्रकाशित मिति: ०८:३६ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्