यी हुन् काठमाडौंमा बुस्टर डोज लगाउने स्थान
काठमाडौं, माघ ४ : अग्रपंक्तिमा खटिने व्यक्तिलाई कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिन थालिएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नजिकको खोप केन्द्रमा गएर...
काठमाडौं, माघ ४ : अग्रपंक्तिमा खटिने व्यक्तिलाई कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिन थालिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ। काठमाडौंमा १९ वटा खोप केन्द्रबाट कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिन थालिएको छ।
माघ २ गतेदेखि अग्रपङ्क्तिमा काम गर्नेलाई काठमाडौं उपत्यकाका १९ ठाउँबाट बुस्टर डोज लगाउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बुस्टर डोज लगाइनेछ।
त्यस्तै, निजामती कर्मचारी अस्पताल, सुभेक्षा अस्पताल, पिपुल्स डेन्टल अस्पताल, जनमैत्री अस्पताल, गान्डी इन्टरनेशनल अस्पताल, काठमाण्डु मोडल अस्पताल, नर्भिक अस्पताल, नोबेल अस्पताल, बयोधा अस्पताल, शहीद स्मृति अस्पताल, नयाँ बसपार्क र एपेक्स पोलिक्लिनिक जडिबुटीमा पनि खोप लगाइन्छ।
पूर्ण खोप लगाएको ६ महिना पुगेको व्यक्तिले बुस्टर डोज लगाउन सक्नेछन्। खोप लगाउनका लागि खोप कार्ड लिएर जान मन्त्रालयले अनुरोध गरेको छ।











