Kathmandu Press

उदयपुरमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

उदयपुर, माघ ४ : उदयपुरको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
उदयपुरमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

उदयपुर, माघ ४ : उदयपुरको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

गएराति बा १० प ४१८८ नम्बरको बोलेरो बिजुलेस्थित पाटाखोलाको गोलाइमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते कटारी–८ बिजुलेका ३८ वर्षीय विक्रम मगरको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै दुर्घटनामा कटारी मरुवाका ५६ वर्षीया सेतीमाया श्रेष्ठ, ५२ वर्षका चन्द्र श्रेष्ठ, गीता श्रेष्ठ, पाँच वर्षीय मनोज खड्का, कटारी पटना भञ्ज्याङका ३६ वर्षीया बुद्धिमाया श्रेष्ठ र ३५ वर्षीया बेदकुमारी श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए।

घाइतेहरूको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बोलेरो चालक ३८ वर्षीय प्रेमबहादुर श्रेष्ठ भागेका छन्। दुर्घटनाको कारण खुल्न नसकेको छैन।

प्रकाशित मिति: ०६:५८ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्