Kathmandu Press

नाम र राजधानी तोकिएको खुशीयालीमा मधेशमा विदा

काठमाडौं, माघ ४ : नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ।प्रदेश सभामा भएको मतदान प्रक्रियाबाट प्रदेशको...
नाम र राजधानी तोकिएको खुशीयालीमा मधेशमा विदा

काठमाडौं, माघ ४ : नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ।

प्रदेश सभामा भएको मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ तय भएको हो। सोमबार नाम र राजधानी तय भएसँगै प्रदेश सरकारले विदा दिने घोषणा गरेको थियो।

प्रदेश सरकारको निर्णय अनुसार आज विदा दिइएको छ। नाम र राजधानी तय भएकोमा खुशीयाली मनाउन सार्वजनिक बिदा दिएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।

प्रकाशित मिति: ०६:४६ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्