Kathmandu Press

गण्डकी प्रदेशमा थपिए ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थपिए ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं, माघ ३ : गण्डकी प्रदेशमा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८३७ जनामा गरिएको परीक्षणमा ३७८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पीसीआर प्रविधिबाट १८५ र एन्टिजिन परीक्षणबाट १९३ जनामा संक्रमण पुष्टि भएको हो । 

प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्च रुपमा बृद्धि भएको छ । एक हप्तामा गण्डकीमा कोरोना संक्रमण तीव्र रुपमा बृद्धि भएको छ । एक हप्ताको तथ्याङ्क हेर्दा प्रदेशमा कोरोना संक्रमण तीब्र गतिमा बृद्धि भएको छ । प्रदेशमा देखिएका ३७८ संक्रमितमध्ये कास्कीका मात्र १८६ जना रहेका छन् । 

Hardik ivf

त्यसैगरी लमजुङ ४, तनहुँ ३१, पर्वतमा ३, बागलुङ ९, स्याङजा ६३, म्याग्दी २, मुस्ताङ १,गोरखा ४५, र नवलपरासी पूर्वमा ३४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ९० हजार २९ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ । 

प्रदेशमा पछिल्लो चौबिस घण्टामा थप २२ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ९१ पुगेको छ । प्रदेशमा हालसम्म ३ लाख ६० हजार ८५१ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १ हजार ५१० सक्रिय संक्रमित रहेका छन् । तीमध्ये १ हजार ४६५ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: १९:३९ बजे, सोमबार, माघ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्