Kathmandu Press

जनताको ज्यान जोगाउनका लागि कुनै कमी हुन्न : प्रधानमन्त्री देउवा 

काठमाडौं, माघ ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीसँग जुध्नका लागि आवश्यक सबै तयारी गर्न निर्देशन दिएका छन् । आज (सोमबार) बालुवाटारमा बसेको विपद्...
जनताको ज्यान जोगाउनका लागि कुनै कमी हुन्न : प्रधानमन्त्री देउवा 

काठमाडौं, माघ ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीसँग जुध्नका लागि आवश्यक सबै तयारी गर्न निर्देशन दिएका छन् । 

आज (सोमबार) बालुवाटारमा बसेको विपद् न्यूनीकरण राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री देउवाले सबै क्षेत्रका नाकामा होल्डिङ सेन्टर र कोरोना परीक्षणका साथै महामारीसँग जुध्नका लागि तयारी गर्न निर्देशन दिएका हुन् । खोप प्रयाप्तलाई बढाएर बुस्टर डोजका साथै सबै स्वास्थ्य संस्थामा प्रयाप्त अक्सिजनको व्यवस्था गरिने उनले बताए । 

प्रधानमन्त्री देउवाले जनताको ज्यान जोगाउनका लागि सरकारको तर्फबाट कुनै कमी हुन नदिने बताएका छन् । सबै भिडभाड हुने कार्यक्रमहरू रोक्ने र राजनीतिक दलहरूले पनि सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्नेमा समेत उनको जोड थियो । 

बैठकमा विपक्षी दल एमालेका उपनेता सुवास नेम्वाङले कोरोना परीक्षणको दायरा बढाउन सुझाव दिए । बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले भर्चुअल रूपमा प्रदेशमा कोरोनाको अवस्थाका बारेमा जानकारी गराएका थिए । 

प्रकाशित मिति: १९:२३ बजे, सोमबार, माघ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्