Kathmandu Press

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता र बिमाको व्यवस्था गर्न माग 

काठमाडौं, माघ ३ : राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालले कोरोना महामारीले मानवीय क्षति झन् बढ्न सक्ने आशङ्का व्यक्त गर्दै सचेत गराएको छ ।स्वास्थ्यकर्मी संघले...
स्वास्थ्यकर्मीलाई जोखिम भत्ता र बिमाको व्यवस्था गर्न माग 

काठमाडौं, माघ ३ : राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालले कोरोना महामारीले मानवीय क्षति झन् बढ्न सक्ने आशङ्का व्यक्त गर्दै सचेत गराएको छ ।

स्वास्थ्यकर्मी संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महामारीको समयमा स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न माग गर्दै १३ बुँदे कार्यहरू कार्यान्वयन गर्न माग समेत गरेको हो ।

संघले अस्पताल र स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मीहरूको सङ्क्रमित भएर सेवा प्रभावित बनिरहेकाले कोभिडसँग सम्बन्धित सेवा तथा अन्य स्वास्थ्य सेवालाई कसरी व्यवस्थित गर्ने विषयमा सरकारको ध्यान त्यति नपुगेको भन्दै जारी विज्ञप्तिमा उल्लेख छ ।  

संघले १३ बुँदे कार्यहरू तत्काल कार्यान्वयन गर्न माग गर्दै सङ्क्रमित स्वास्थ्यकर्मीका लागि व्यवस्थित आइसोलेसनको व्यवस्था  गर्न, स्वास्थ्यकर्मीको निःशुल्क औषधी उपचार र बिमाको व्यवस्था गर्नुपर्ने माग राखेको छ ।

महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पूरा उपलब्ध नगराएकाले तुरुन्तै दिइने व्यवस्था मिलाउन पनि माग गरिएको छ । 

प्रकाशित मिति: १९:०५ बजे, सोमबार, माघ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्