कोरोनाको चपेटामा वीरगन्ज इजलास, न्यायाधीशसहित २३ जनामा संक्रमण
काठमाडौं, माघ ३ : उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशसहित २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्ज इजलासका एक न्यायाधीश, रजिस्ट्रार, उपरजिस्ट्रारसहित २३ जनामा...
काठमाडौं, माघ ३ : उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशसहित २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
वीरगन्ज इजलासका एक न्यायाधीश, रजिस्ट्रार, उपरजिस्ट्रारसहित २३ जनामा एकसाथ कोरोना संक्रमण पुष्टि भएको जानकारी प्राप्त भएको सर्वोच्चका एक अधिकारीले काठमाडौ प्रेसलाई बताए।
त्यहाँ ठूलो संख्यामा कर्मचारी संक्रमण भएपछि अदालतको कामकारबाही नै प्रभावित भएको छ। कोरोना फैलिएका कारण अदालत नै बन्द गर्नुपर्ने अवस्था रहेको जनाइएको छ।
प्रकाशित मिति: १८:१५ बजे, सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











