Kathmandu Press

प्रदेश २ को नाम ‘मधेश’ प्रदेश 

सोमबार अपराह्न भएको मतदानमा दुई तिहाई बढी सांसदहरुले मधेशको नाममा मतदान गरेपछि सभामुख सरोजकुमार यादवले प्रदेश २ को नाम ‘मधेश’ कायम भएको घोषणा गरेका हुन्। 
प्रदेश २ को नाम ‘मधेश’ प्रदेश 

काठमाडौं, माघ ३ : प्रदेश नम्बर २ को राजधानी ‘मधेश’ कायम भएको छ। 

सोमबार अपराह्न भएको मतदानमा दुई तिहाई बढी सांसदहरुले मधेशको नाममा मतदान गरेपछि सभामुख सरोजकुमार यादवले प्रदेश २ को नाम ‘मधेश’ कायम भएको घोषणा गरेका हुन्। 

‘मधेश’ प्रदेशको नाममा ८० जनाले मतदान गरेका थिए। यो संख्या दुई तिहाइभन्दा बढी हो।

सोमबार नै प्रदेको स्थायी राजधानी घोषणा भएको थियो । पहिलो चरणको मतदानपछि प्रदेश २ को स्थायी राजधानी जनकपुर तोकिएको हो। 

प्रकाशित मिति: १७:४८ बजे, सोमबार, माघ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्