अफगानिस्तानको बाघलानमा बम विस्फोट हुँदा दुईजनाको मृत्यु
बाघलान, माघ ३ : अफगानिस्तानको बाघलान प्रान्तमा विगतका युद्धका क्रममा बिच्छाइएका उपकरण विष्फोट हुँदा दुईजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्।स्थानीयवासीलाई उद्धृत...
बाघलान, माघ ३ : अफगानिस्तानको बाघलान प्रान्तमा विगतका युद्धका क्रममा बिच्छाइएका उपकरण विष्फोट हुँदा दुईजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्।
स्थानीयवासीलाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएअनुसार प्रान्तीय राजधानी पुल-ए-खुमरी सहरको बाहिरी भागमा रहेको टिपा नवरोज क्षेत्रमा आइतबार दिउँसो उक्त विष्फोट भएको हो।
गत सोमबार नान्गाहारको लालपुर जिल्लाको एक विद्यालय बाहिर विष्फोटक पदार्थ पड्किँदा छ बालबालिका र एक व्पापारीको मृत्यु भएको थियो।
प्रकाशित मिति: १७:१९ बजे, सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1777440254.jpg)








