पशुपति धर्मशाला र बतासबीचको सम्झौता रद्द गर्न सिफारिस
काठमाडौं, माघ ३ : पशुपति धर्मशाला र बतास समूहबीचको सम्झौता रद्द गर्न छानविन समितिले सिफारिस गरेको छ। पर्यटन मन्त्री प्रेम आलेको निर्देशनपछि नारायणप्रसाद...
काठमाडौं, माघ ३ : पशुपति धर्मशाला र बतास समूहबीचको सम्झौता रद्द गर्न छानविन समितिले सिफारिस गरेको छ। पर्यटन मन्त्री प्रेम आलेको निर्देशनपछि नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गठित समितिले सम्झौता रद्द गर्न सिफारिस गरेको हो।
समितिका संयोजक सुवेदीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनन मन्त्रालयका सचिव तथा परिषदका सदस्य महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाएका छन्।
समितिले पर्यटन मन्त्रालयमा प्रतिवेदन बुझाउँदै सम्झौता गर्ने कर्मचारीलाई समेत कारवाही गर्न सिफारिस गरको छ।
छानविन प्रतिवेदनले पनि अधिकार प्राप्त निकायको स्वीकृति विना सम्झौता गरेको, बताससँग मात्रै मिल्ने मापदण्ड बनाएर ठेक्का गरेकाले मिलेमतो भएको हुनसक्ने देखिएको, सम्झौता विपरीत बेड संख्या, दररेट राखेर धर्मशाला सञ्चालन गरिएको, स्वीकृतिविना संरचनाहरू थप गरिएको, धर्मशालाभित्र विभिन्न कार्यालयहरू राखेको, समयमै भाडा नबुझाएको लगायतका कारणा देखाएर सम्झौता रद्ध गर्न भनेको हो।












