Kathmandu Press

कजाकिस्तानमा हालैको अशान्तिमा २२५ जनाको मृत्यु

कजाकिस्तानमा हालैको अशान्तिमा २२५ जनाको मृत्यु

अल्माटी, माघ ३ : कजाकिस्तानमा हालैको हिंसात्मक प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरूसहित कम्तीमा २२५ जनाको मृत्यु भएको पजहवो अफगान समाचारले सोमबार जनाएको छ।

आइतबार सहर प्रहरी विभागका प्रमुख, कानाट तैमेरदेनोभले दिएको जानकारीअनुसार अल्माटी दंगाले आक्रान्त भएको केही दिनमा सहरका शव गृहहरूमा सात  आक्रमण भएका थिए र दंगाकारीहरूले आफ्ना धेरै साथीहरूको शव नियन्त्रणमा लिएका थिए। 

इन्धनको मूल्यवृद्धिको विरोधमा देशको पश्चिम भागमा जनताले र्‍याली गर्दै व्यापक विरोध प्रदर्शन सुरु गरेका छन्। त्यसपछि अशान्त कजाकिस्तानको दक्षिणमा रहेको देशको पूर्व राजधानी अल्माटीलगायत अन्य क्षेत्रहरूमा उक्त अशान्ति फैलिएको थियो। अल्माटीमा जारी विरोध प्रदर्शन हिंसात्मक बनेको थियो।

सरकारले जनवरी १९ सम्म आपतकालीन अवस्थाको घोषणा गरेको छ। त्यसैगरी कजाकिस्तानका राष्ट्रपति कासिम-जोमार्ट तोकायेभले कजाकिस्तानमा शान्ति सैनिकहरू पठाउने सामूहिक सुरक्षा सन्धि संगठनसँग मद्दतका लागि अनुरोध गरेका थिए।

उक्त सामूहिक सुरक्षा सन्धि संगठनका शान्ति सैनिक यस हप्ता फिर्ता हुँदैछन्।

प्रकाशित मिति: १६:५५ बजे, सोमबार, माघ ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्