Kathmandu Press

उपत्यकामा एकै दिन थपिए ३९३९ कोरोना संक्रमित, सक्रिय संक्रमित १८ हजार बढी

काठमाडौं, माघ ३ : काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
उपत्यकामा एकै दिन थपिए ३९३९ कोरोना संक्रमित, सक्रिय संक्रमित १८ हजार बढी

काठमाडौं, माघ ३ : काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं जिल्लामा मात्रै २ हजार ९४३ जना संक्रमित थपिएका छन्। त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः ७९५ र २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सोमबार देशभर ६ हजार ७३४ जना संक्रमित थपिएका छन्। यसअनुसार कुल संक्रमितको आधाभन्दा बढी संख्या उपत्यकामै रहेकाे छ।

पछिल्लो समय संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि दिनानुदिन बढिरहेको छ।

पछिल्लो २४ घन्टामा थपिएकासहित उपत्यकामा सक्रिय संक्रमितको संख्या १८ हजार ३८७ पुगेको छ। तीमध्ये काठमाडौंमा १३ हजमर ९८६, ललितपुरमा ३ हजार ५५५ र भक्तपुरमा १ हजार ८४६ जना रहेका छन्।    

देशभर भने सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको छ। देशभरिको तुलनामा उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या झन्डै दुई तिहाइनजिक पुगेको छ।

प्रकाशित मिति: १६:४६ बजे, सोमबार, माघ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्