Kathmandu Press

एकैदिन करिब ७ हजार जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 
एकैदिन करिब ७ हजार जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ ३ : पछिल्लो २४ घण्टाको अवधिमा देशभर  ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १४ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४७ र तीन हजार ४५१ जनामा एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा कोरोना पुष्टि भएको हो। 

सोही अवधिमा ५४७ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ। 

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ८ लाख ५९ हजार ४८५ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख २ हजार ४५५ पुगेको छ। 

त्यस्तै निको हुनेको कुल संख्या ८ लाख १६ हजार ९८५ पुगेको छ भने मृतकको संख्या ११ हजार ६२३ पुगेको मन्त्रालयलये जनाएको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको छ। जसमध्य २९ हजार ७०५ जना होम आइसोलेसनमा र १ हजार १७२ जना संस्थागत आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा रहेका मध्य १३९ जना आइसीयू, २६ जना भेन्टिलेटर र १०० जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

 

प्रकाशित मिति: १६:३७ बजे, सोमबार, माघ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्