Kathmandu Press

उत्तर मासेडोनियामा नयाँ प्रधानमन्त्री निर्वाचित

स्कोप्ज, माघ ३ : उत्तर मासेडोनियामा नयाँ प्रधानमन्त्रीको निर्वाचन भएको छ। संसद बैठकमा आइतबार भएको मतदानबाट दिमितर कोभासेभास्की प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको समाचारमा जनाएको छ। दलहरुको...
उत्तर मासेडोनियामा नयाँ प्रधानमन्त्री निर्वाचित

स्कोप्ज, माघ ३ : उत्तर मासेडोनियामा नयाँ प्रधानमन्त्रीको निर्वाचन भएको छ। संसद बैठकमा आइतबार भएको मतदानबाट दिमितर कोभासेभास्की प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको समाचारमा जनाएको छ। 

दलहरुको नयाँ गठबन्धन बनेपछि त्यसअन्तर्गतको दल सोसल डेमोक्रेटिक युनियन अफ मासेडोनियाका नेता भएकाले उनले बहुमत प्राप्त गरेका हुन्।  

Hardik ivf

उनलाई संसदमा भएका कुल १२० सांसदमध्ये गठबन्धनअन्तर्गतका दलहरुका ६२ सांसदले मतदान गरेका थिए। उनका विरुद्धमा ४६ सांसदले मतदान गरेका थिए।

नेता कोभासेभास्कीलाई गत डिसेम्बर ३० मा राष्ट्रपति स्टेभो पेन्डारोभास्कीले बहुमत जुटाउने जिम्मेवारीसहित प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। 

उनले बहुमत जुटाएकाले अव मन्त्रीपरिषद् गठन गर्नेछन् । उनले अर्थतन्त्रमा सुधार गरी स्थिरता कायम गर्ने आफ्नो सरकारको मुख्य योजना रहेको बताएका छन्।

प्रकाशित मिति: १६:२६ बजे, सोमबार, माघ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्