Kathmandu Press

प्रदेश २ को स्थायी राजधानी जनकपुर तोकियो 

प्रदेश सभामा उपस्थित ९९ सांसदमध्य ७८ जनाले  जनकपुरको पक्षमा मतदान गरेपछि स्थायी राजधानी जनकपुर कायम भएको हो। मतदानपछि सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरे।
प्रदेश २ को स्थायी राजधानी जनकपुर तोकियो 

काठमाडौं, माघ ३ : प्रदेश २ को स्थायी राजधानी जनकपुर तोकिएको छ। सोमबार प्रदेश सभाका बहुमत सांसदहरुले  जनकपुरलाई प्रदेशको स्थायी राजधानी बनाउने पक्षमा मतदान गरेका हुन्। 

प्रदेश सभामा उपस्थित ९९ सांसदमध्य ७८ जनाले  जनकपुरको पक्षमा मतदान गरेपछि स्थायी राजधानी जनकपुर कायम भएको हो। मतदानपछि सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरे।

दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन ।
 
प्रकाशित मिति: १५:५७ बजे, सोमबार, माघ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्