जुम्लाको गुठीचौरमा राजश्व सङ्कलन
खलङ्गा, माघ ३ : जुम्लाको गुठिचौर गाउँपालिकामा पाँच महिनामा करिब चार लाख राजस्व सङ्कलन भएको छ। गुठिचौर गाउँपालिकाका अनुसार तीन लाख ८२ हजार ८६८...
खलङ्गा, माघ ३ : जुम्लाको गुठिचौर गाउँपालिकामा पाँच महिनामा करिब चार लाख राजस्व सङ्कलन भएको छ। गुठिचौर गाउँपालिकाका अनुसार तीन लाख ८२ हजार ८६८ सङ्कलन भएको राजस्व प्रमुख तिलप्रसाद पाण्डेले बताए।
गाउँपालिकाले विभिन्न शीर्षकबाट राजस्व सङ्कलन भएको छ। जसमध्ये गाउँपालिकाबाट रु एक लाख ७८ हजार ५६६ सङ्कलन भएको छ । वडाबाट एक लाख ९५ हजार ३०२ सङ्कलन भएको छ ।
वडा कार्यालयबाट मालपोत, पञ्जीकरण र सिफारिस शीर्षकबाट राजस्व सङ्कलन हुने गरेको वडाध्यक्ष चन्द्रबहादुर नेपालीले बताए। अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाले विभिन्न शीर्षकबाट २७ लाख १५ हजार ४०३ राजस्व सङ्कलन गरेको गुठिचौर गाउँपालिकाले जनाएको छ।
प्रकाशित मिति: १५:३४ बजे, सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











