Kathmandu Press

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता 

काठमाडौं, माघ ३ :  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेर...
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता 

काठमाडौं, माघ ३ :  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डले देउवासँग भेटवार्ता गरेका हुन्। भेटमा पाँचदलीय समन्वय समितिको बैठक बोलाउने विषयमा छलफल भएको थियो। 

बालुवाटार स्रोतका अनुसार भोलि (माघ ४ गते) पाँच दलीय समन्वय समितिको बैठक बोलाउने सहमति भएको छ। 

त्यस्तै आगामी स्थानीय तहको निर्वाचनका सम्बन्धमा पनि देउवा र प्रचण्डबीच छलफल भएको छ।। दुबै नेताले संवैधानिक व्यवस्थाअनुसार नै आगामी निर्वाचन गर्न प्रतिवद्ध रहेको बताएका छन्। 

प्रकाशित मिति: १५:३० बजे, सोमबार, माघ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्