प्रदेश २ को राजधानी तोक्न गोप्य मतदान सुरु
काठमाडौं, माघ ३ : प्रदेश नम्बर २ को राजधानी तोक्नका लागि गोप्य मतदान सुरु भएको छ। राजधानीका सम्बन्धमा सहमति हुन नसकेपछि सभामुख सरोजकुमार यादवले...
काठमाडौं, माघ ३ : प्रदेश नम्बर २ को राजधानी तोक्नका लागि गोप्य मतदान सुरु भएको छ। राजधानीका सम्बन्धमा सहमति हुन नसकेपछि सभामुख सरोजकुमार यादवले मतदानमार्फत राजधानीको टुंगो लगाउने गरी मतदान सुरु गराएका हुन्।
राजधानी जकपुर बनाउने कि बीरञ्जलाई बनाउने भन्ने विषयमा सहमति नजुट्दा मतदान गर्नुपरेको हो। प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र विरगञ्जलाई राजधानी बनाउने प्रस्ताव पेश गरेको छ।
महोत्तरी, सर्लाही, धनुषा लगायतका सांसदहरु जनकपुरलाई प्रदेश राजधानी बनाउने पक्षमा छन् भने बारा, पर्साका सांसदहरु भने बीरगञ्जलाई राजधानी बनाउनुपर्ने माग राख्दै आइरहेका छन्।
राजधानी तोक्नका लागि दुई तिहाई बहुमत आउनुपर्ने हुन्छ । मतदानमा दुई तिहाइ नआए प्रस्तावित नामहरु उपर कुनै निर्णय हुने छैन । हाल प्रदेश सभामा १०४ जना सांसद छन् । यसको दुई तिहाइ ७० हुन आउँछ।











