काठमाडौंको गुर्जुधारामा चक्कु प्रहार गरी युवकको हत्या, दुईजना पक्राउ
काठमाडौं, माघ ३ : काठमाडौंको चन्द्रागिरि नगरपालिका– ८ गुर्जुधारामा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ। गएराति मातातीर्थ घर भई गुर्जुधारा बस्दै आएका...
काठमाडौं, माघ ३ : काठमाडौंको चन्द्रागिरि नगरपालिका– ८ गुर्जुधारामा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ।
गएराति मातातीर्थ घर भई गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको महानगरीय प्रहरी वृत्त चन्द्रागिरिले जनाएको छ। चक्कु प्रहार गरिएका अर्का एकजना घाइते छन्।
सामान्य विवादमा झगडा भएपछि रोशनमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ। रोशनको हत्यामा संलग्न रहेका अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा अर्जुन बस्नेत र अशोक बस्नेत रहेका छन्।
पक्राउ परेका दुईजना दाजुभाई रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ,।
प्रकाशित मिति: १४:४५ बजे, सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











