Kathmandu Press

धुर्मुस सुन्तली फाउण्डेसनविरुद्धको उजुरी दर्ता, छिट्टै अनुसन्धान सुरु हुने अख्तियारको प्रष्टोक्ति

काठमाडौं, माघ ३ : धुर्मुस सुन्तली फाउन्डेसनविरुद्ध अख्तियारमा परेको उजुरी दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी वेदप्रकाश भण्डारीले फाउन्डेसनविरुद्ध आएको उजुरी...
धुर्मुस सुन्तली फाउण्डेसनविरुद्धको उजुरी दर्ता, छिट्टै अनुसन्धान सुरु हुने अख्तियारको प्रष्टोक्ति

काठमाडौं, माघ ३ : धुर्मुस सुन्तली फाउन्डेसनविरुद्ध अख्तियारमा परेको उजुरी दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी वेदप्रकाश भण्डारीले फाउन्डेसनविरुद्ध आएको उजुरी दर्ता भइसकेको काठमाडौं प्रेसलाई जानकारी दिएका छन्।

रंगशाला निर्माणका लागि दाताहरुले दिएको सहयोग रकम र सरकारले दिएको अनुदान रकम अनियमितता गरेको भन्दै कलाकार सिताराम कट्टेल (धुर्मुस) अध्यक्ष रहेको फाउण्डेसनविरुद्ध आइतबार उजुरी परेको थियो । अख्तियारले उजुरीकर्ताको नाम भने खुलाएको छैन।

‘उजुरीकर्ताको व्यक्तिगत गोपनीयतलाई मध्यनजर गर्दै आयोगले उनीहरुको नाम सार्वजनिक गर्दैन,’  भण्डारीले काठमाडौं प्रेससँग भने। उजुरीमा रंगशाला निर्माणमा हालसम्म उठेका रकम र खर्च भएको मेल नखाएको, फाउण्डेसका पदाधिकारीहरुले आर्थिक हिनामिना गरेको, रामपुर कृषी क्याम्पसको जग्गा अनाधिकृत रुपमा अतिक्रमण गरेको लगायतका आरोपहरु उल्लेख गरिएको बताए। 

उजुरी अनुसार नै छानविनको प्रकृया अगाडि बढ्ने भण्डारीले बताएका छन्। ‘व्यक्तिको अनुहार हेरेर आयोगले काम गर्ने होइन, उजुरी आएपछि जतिसुकै लोकप्रिय व्यक्ति र संस्था भएपनि उजुरीउपर अख्तियारले छानविन र अनुसन्धान गर्छ,’ उनले भने। 

अनुसन्धानपश्चात नै आरोपहरुको सम्बन्धमा सत्यतथ्य पत्ता लाग्ने र सोही अनुसार कारवाही प्रकृया अगाडि बढाउने भण्डारीले जानकारी दिएका छन्। 
 

प्रकाशित मिति: १२:०५ बजे, सोमबार, माघ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्