नेकपा एमाले रौतहटको अध्यक्षमा त्रिभुवन शाह निर्वाचित
काठमाडौं, माघ ३ : नेकपा एमाले रौतहटको अध्यक्षमा त्रिभुवन साह चुनिएका छन्। एमालेको नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चुनिएको...
काठमाडौं, माघ ३ : नेकपा एमाले रौतहटको अध्यक्षमा त्रिभुवन साह चुनिएका छन्।
एमालेको नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चुनिएको नेता प्रभु साहले जानकारी दिए ।
यसैगरी उपाध्यक्षमा दीपक यादव, सचिवमा बालविक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेल चुनिएका छन् ।
प्रदेश २ को सप्तरीमा गत पुस २३ गते नै अधिवेशन भए पनि रौतहटलगायतका जिल्लामा आन्तरिक विवादका कारण अधिवेशन हुन सकेको थिएन ।
प्रकाशित मिति: ११:१६ बजे, सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











