Kathmandu Press

प्रदेश २ को राजधानी र नामाकरणका लागि आज मतदान हुँदै 

काठमाडौं, माघ ३ : प्रदेश २ को राजधानी र नामाकरणका लागि आज मतदान हुने भएको छ। सोमबार बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा राजधानी तथा...
प्रदेश २ को राजधानी र नामाकरणका लागि आज मतदान हुँदै 

काठमाडौं, माघ ३ : प्रदेश २ को राजधानी र नामाकरणका लागि आज मतदान हुने भएको छ। 

सोमबार बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन पहिले मतदान हुने बताइएको छ।  

प्रदेश सभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले साझा प्रस्ताव ल्याउन विफल भएपछि दोस्रो पटक नाम र राजधानी टुंगो लगाउन मतदान प्रक्रिया अपनाउन लागिएको हो। 

दल तथा सांसदको आ–आफ्नै अडानका कारण समितिले नाम र राजधानीसम्बन्धी केही प्रस्ताव परिमार्जन गरेर घटाए पनि सहमति हुन सकेन। 

आइतबार बसेको प्रदेशसभा बैठकमा विशेष समितिको तर्फबाट प्रतिवेदन सार्वजनिक गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक परमेश्वर साहले गोप्य मतदानमा जानुपर्ने सहितका ६ वटा निष्कर्ष निकालेको बताएका थिए। 

यसअघि चैत २०७६ मा पनि नाम र राजधानी टुंग्याउन गरिएको कुनै प्रस्तावमा दुई तिहाई मत पुग्न सकेको थिएन। प्रदेशको नाम र राजधानी टुंग्याउन प्रदेश २ का कुल  १०४ सांसद्को दुई तिहाई मत आवश्यक पर्छ।
 

प्रकाशित मिति: १०:५६ बजे, सोमबार, माघ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्