Kathmandu Press

२४ जनालाई कोरोना पुष्टि भएपछि सर्वोच्चमा सेवा प्रभावित 

काठमाडौं, माघ २ : सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको छ । सर्वोच्चका अनुसार २४...
२४ जनालाई कोरोना पुष्टि भएपछि सर्वोच्चमा सेवा प्रभावित 

काठमाडौं, माघ २ : सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको छ । 

सर्वोच्चका अनुसार २४ जनालाई कोरोना पुष्टि भएपछि सेवा प्रभावित भएको छ । न्यायाधीश, मुख्य रजिष्ट्रारसहित कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको हो । 

कर्मचारीमा कोरोना पुष्टि भएसँगै पेसी व्यवस्थापनदेखि रिट निवेदन दर्ता, रुजु लगायतका काममा समस्या भएको हो । 

कोरोनाबाट सङ्क्रमित हुने कर्मचारीको सङ्ख्या बढेसँगै कन्ट्याक्ट ट्रेसिङका परेकाहरूलाई परीक्षण गर्न र नतिजा नआउन्जेल सजग रहनका लागि आग्रह गरिएको छ । कोरोना लागेको आशंकामा आइतबार मात्रै ३० जना कर्मचारीको परीक्षण गरिएको थियो । 

वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल र कृष्णप्रसाद भण्डारी, अधिवक्ताहरू सबिता भण्डारी, भीमसेन बञ्जारा, राजेश्वर अधिकारी लगायत २० जनाभन्दा बढीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: २०:४८ बजे, आइतबार, माघ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्