कोरोनामुक्त भए माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड
काठमाडौं, माघ २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।पछिल्लोपटक गरिएको पीसीआर परीक्षणमा प्रचण्डको रिपोर्ट नेगेटिभ...
काठमाडौं, माघ २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।
पछिल्लोपटक गरिएको पीसीआर परीक्षणमा प्रचण्डको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ । गत शुक्रबार (पुस २३) गते पीसीआर परीक्षण गर्दा प्रचण्डमा कोरोना संक्रमण देखिएको थियो। त्यसयता उनी निजी निवासमै आइसोलेसनमा थिए।
प्रचण्डसँगै माओवादी केन्द्रका केही नेताहरुलाई पनि कोरोना संक्रमण देखिएको थियो। नेता नारायणकाजी श्रेष्ठ लगायत केही पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरुलाई कोरोना देखिएको थियो।
प्रकाशित मिति: १९:३४ बजे, आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











