प्रदेश १ मा ३४७ जनामा कोरोना सङ्क्रमण
विराटनगर, माघ २ : प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३४७ जनामा कोरोना सङ्क्रमण भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ६९५...विराटनगर, माघ २ : प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३४७ जनामा कोरोना सङ्क्रमण भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ६९५ जनाको पिसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण देखिएको हो।
मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा पाँच, ताप्लेजुङ र भोजपुरमा दुई/दुई, खोटाङमा एक र प्रदेश बाहिरका १९ जनामा सङ्क्रमण भएको हो। प्रदेशमा आज सात महिलासहित २१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६८० रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १९:१७ बजे, आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्रीको निर्देशनशनिबार, मंसिर १, २०८१
प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जलीशनिबार, मंसिर १, २०८१
प्रभावकारी ढंगले सरकार सञ्चालन गर्न कोशीमा दुई दलीय संयन्त्र गठनबुधबार, कात्तिक २८, २०८१