Kathmandu Press

सन् २०२१ मा चिनियाँ ब्राण्डको कार बिक्री दरमा वृद्धि

बेइजिङ, माघ २ : सन् २०२१ मा चिनियाँ ब्राण्डका यात्रुवाहक सवारी साधनको बिक्री २३.१ प्रतिशतले बढेको उद्योग संघद्वारा जारी तथ्याङ्कले देखाएको छ।  ‘चाइना...
सन् २०२१ मा चिनियाँ ब्राण्डको कार बिक्री दरमा वृद्धि

बेइजिङ, माघ २ : सन् २०२१ मा चिनियाँ ब्राण्डका यात्रुवाहक सवारी साधनको बिक्री २३.१ प्रतिशतले बढेको उद्योग संघद्वारा जारी तथ्याङ्कले देखाएको छ।  

‘चाइना एसोसिएसन अफ अटोमोबाइल्स म्यानुफ्याक्चरर्स’का अनुसार गत वर्ष चिनियाँ ब्रान्डका ९५ लाख ४० हजारभन्दा बढी कार बिक्री भएका थिए। संघले यस वृद्धिको श्रेय नवीकरणीय ऊर्जाबाट चल्ने सवारीवाहनको विकास र उत्कृष्ट निर्यात रणनीतिलगायतका कारकहरूलाई दिइएको छ।

Hardik ivf

संघका अनुसार सन् २०२१ मा पहिलो पटक चिनियाँ सवारीसाधनको वार्षिक निर्यात दुई करोडभन्दा बढी पुगेको छ। यो हालैका वर्षहरूमा वार्षिक आँकडाभन्दा दोब्बर हो।

गत वर्ष (सन् २०२१) मा चिनियाँ गाडीको बिक्री वर्षमा ६.५ प्रतिशतले बढेर दुई करोड १४ लाख ८० हजार पुगेको हो। यसमध्ये ३५ लाख २० हजार नवीकरणीय ऊर्जाबाट चल्ने सवारीसाधन रहेका छन्। एक बर्ष पहिलेको तुलनामा नवीकरणीय ऊर्जाबाट चल्ने सवारीसाधनको बिक्री झन्डै १६० प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ।

प्रकाशित मिति: १९:११ बजे, आइतबार, माघ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्