अन्नपूर्ण पोष्टका प्रधान सम्पादक पुरस्कृत
विराटनगर, माघ १९ : अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापा नोना कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

विराटनगर, माघ १९ : अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापा नोना कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
कांग्रेस नेतृ नोना कोइरालाको १२ औं स्मृति दिवसको अवसरमा नोना कोइराला स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा पत्रकारिता पुरस्कार तथा सामाजिक सम्मान समारोहको आयोजना गरेको थियो ।
प्रदेश १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले थापालाई पुरस्कार राशि प्रदान गरी दोसल्ला र प्रमाणपत्र प्रदान गरेका थिए ।
पुरस्कार ग्रहणपछि थापाले नेपाली प्राजातान्त्रिक योद्धाको नामबाट स्थापना गरिएको पुरस्कार पाउँदा आफूलाई गर्व महसुश भएको बताएका थिए ।
प्रतिष्ठानले नोना कोइराला स्मृति सामाजिक सम्मान तोरणमानसिंह प्रधान, राधाप्रसाद घिमिरे, बन्नी नेपाल, गोपाल शर्मा र नारायण अर्याललाई प्रदान गरेको छ ।
नेपाली महिला मुक्ति आन्दोलनकी योद्धा कांग्रेस नेतृ कोइरालाको २०६३ माघ १४ गते निधन भएको थियो ।












