Kathmandu Press

फ्रान्समा खोप नलगाएका नागरिकविरुद्धको प्रतिबन्धको विरोधमा ब्यापक प्रदर्शन

फ्रान्समा खोप नलगाएका नागरिकविरुद्धको प्रतिबन्धको विरोधमा ब्यापक प्रदर्शन

पेरिस, माघ २ : फ्रान्समा कोरोनाबिरुद्धको खोप नलगाएका ब्यक्तिहरूमाथि लगाइएको प्रतिबन्धको बिरुद्धमा ब्यापक प्रदर्शन भएको छ। राजधानी पेरिस लगायतका शहरमा भेला भएका हजारौं सर्वसाधारणले राष्ट्रपति इमानुएल म्याक्रोँंविरोधी नारा लगाउँदै प्रदर्शन गरेका छन्।

आगामी चुनावमा राष्ट्रपति पदका उम्मेदवार रहेका फ्लोरियन फिलिपपोटको नेतृत्वमा आयोजना गरिएको बिरोध प्रदर्शनमा राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

Hardik ivf

प्रदर्शनकारीहरुले फ्रान्समा किशोर किशोरीहरुलाई खोपका बारेमा जानकारी समेत नरहेको भन्दै खोप अनिवार्य गर्नु गलत भएको पनि बताएका छन्।

प्रदर्शनकै क्रममा टेनिस स्टार नोभाक जोकोभिजलाई अष्ट्रेलिया सरकारले खोप नलगाएको भरमै भिसा नदिएकोमा पनि प्रदर्शनकारीले अष्ट्रेलियाली सरकार बिरुद्ध समेत नारा लगाए।

फ्रान्सको इतिहासमा एलो टिसर्टपछिको यो नै ठुलो प्रदर्शन भएको बताइएको छ। प्रदर्शनलाई ध्यानमा राखी सुरक्षा ब्यबस्था कडा पारिएको छ। फ्रान्समा कोरोना बिरुद्धको खोप नलाउनेको संख्या उल्लेख्य छ। यसअघि फ्रान्सको माथिल्लो सदनले खोप अनिवार्य गर्ने बिधेयकलाई मान्यता दिएको थियो।

प्रकाशित मिति: १९:०३ बजे, आइतबार, माघ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्