गण्डकी प्रदेशमा थपिए २१३ जनामा कोरोना संक्रमित
काठमाडौं, माघ २ : गण्डकी प्रदेशमा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५१३ जनामा गरिएको परीक्षणमा...काठमाडौं, माघ २ : गण्डकी प्रदेशमा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५१३ जनामा गरिएको परीक्षणमा २१३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये पीसीआर प्रविधिबाट १७८ र एन्टिजिन परीक्षणबाट ३८ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्च रुपमा वृद्धी भएको छ । प्रदेशमा देखिएका २१३ संक्रमितमध्ये कास्कीका मात्र १५८ जना रहेका छन ।
त्यसैगरी लमजुङ १२,पर्वतमा १, बागलुङ ३, स्याङजा २०, म्याग्दी १, गोरखा २, तनहुँ ४ र नवलपरासी पूर्वमा १२ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ८९ हजार ६५१ पुगेको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा थप १६ जना संक्रमणमुक्त भएका छन । प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ६९ पुगेको छ ।