रवीन्द्र मिश्रलाई कोरोना संक्रमण
काठमाडाैं, माघ २ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार सामाजिक सञ्जालमार्फत मिश्रले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका...
काठमाडाैं, माघ २ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार सामाजिक सञ्जालमार्फत मिश्रले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
उनले कोरोना पोजेटिभ देखिएपछि सुरक्षित रुपमा घरमै बसिरहेको बताएका छन्।
उनले गत केही दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन र आवश्यक परे कोरोना परीक्षण गराउन पनि आग्रह गरेका छन्।
‘गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथीशुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न बिनम्र आग्रह गर्दछु,’ मिश्रले लेखेका छन्।
प्रकाशित मिति: १७:४२ बजे, आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











