प्रधानन्यायाधीश जबराविरुद्धकाे रिट निवेदन सर्वोच्चद्वारा दरपीठ
काठमाडौं, माघ २ : सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको रिट दरपीठ गरिदिएको छ। प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाउन माग गर्दै अधिवक्ता माधवकुमार बस्नेतले दायर गरेको...
काठमाडौं, माघ २ : सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको रिट दरपीठ गरिदिएको छ।
प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाउन माग गर्दै अधिवक्ता माधवकुमार बस्नेतले दायर गरेको रिट आइतबार सर्वोच्चले दरपीठ गरेको हो।
सर्वोच्चका रजिस्ट्रार नारायण पन्थीले निवेनमा माग गरिएको विषयवस्तु सर्वोच्चको क्षेत्राधिकारभित्र नपर्ने भन्दै दरपीठ गरिदिएका हुन्।
कार्यपालिकामा प्रधानन्यायाधीशले आफ्नो भाग खोजेको सार्वजनिक भएपछि अधिवक्ता बस्नेतले रिट दायर गरेका थिए।अधिवक्ता बस्नेतले प्रधानन्यायाधीशविरुद्ध लागेका आरोप अत्यन्त गम्भीर प्रकृतिका भएको भन्दै ती आरोपहरुमाथि छानबिन गरी आवश्यक कारबाही गर्नका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्नु भनी सभामुख र प्रतिनिधिसभाको नाममा परमादेश माग गरेका थिए।

प्रकाशित मिति: १७:२२ बजे, आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











