उपत्यकामा एकैदिन ३ हजार ३४७ संक्रमित थपिए, काठमाडौंमा मात्रै २५४५
काठमाडौं, माघ २ : काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं...
काठमाडौं, माघ २ : काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै २ हजार ५४५ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः ४७४ र ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार देशभर ४ हजार ९६१ जना संक्रमित थपिएका छन् । यस अनुसार कुल संक्रमितको आधा भन्दा बढी संख्या उपत्यकामै रहेका छन्।
देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ।
प्रकाशित मिति: १७:०९ बजे, आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











