एकैदिन ४,९६१ जना कोरोना संक्रमित थपिए, तीन जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५६५ नमूनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५३४ जनामा संक्रमण देखिएको हो भने २ हजार ५६९ नमूनाको एन्टिजेन परीक्षणमा ४२७ जनामा कोरोना पुष्टि भएको हो।
काठमाडां, माघ २ : मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५६५ नमूनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५३४ जनामा संक्रमण देखिएको हो भने २ हजार ५६९ नमूनाको एन्टिजेन परीक्षणमा ४२७ जनामा कोरोना पुष्टि भएको हो।
सोही अवधिमा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ।
हाल देशभर २५ हजार ६८० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:०२ बजे, आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











