Kathmandu Press

नेप्सेमा उछाल : परिसूचक ६९ अंकले बढ्यो, ९ अर्बको कारोबार 

काठमाडौं, माघ २ : नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ। आज नेप्से ६९ अंकले बढेर...
नेप्सेमा उछाल : परिसूचक ६९ अंकले बढ्यो, ९ अर्बको कारोबार 

काठमाडौं, माघ २ : नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ। आज नेप्से ६९ अंकले बढेर दुई हजार ९ सय २६ दशमलब ७४ विन्दुमा पुगेको हो।    

त्यस्तै, आज कारोबार रकममा पनि सुधार आएको छ । ९ अर्ब ६७ करोड ६३ लाख बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ६ अर्ब ६६ करोड ९७ लाख बराबरको कारोबार भएको थियो। 

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, स्ट्याण्डर्ड चार्टर्ड बैंक र किसान लघुवित्त वित्तीय संस्था रहेका छन्। यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।      

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुणभ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ३६ करोड ४३ लाख भन्दा बढीको कारोबार भएको छ ।        

प्रकाशित मिति: १५:५७ बजे, आइतबार, माघ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्