Kathmandu Press

जिम र सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

कोेरोना महामारी दैनिक रुपमा बढ्दै गएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भीडभाड हुने क्षेत्र सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको हो।
जिम र सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, माघ २ : सरकारले माघ १५ गतेसम्म देशभरका सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ। 

कोेरोना महामारी दैनिक रुपमा बढ्दै गएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भीडभाड हुने क्षेत्र सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको हो। 

आइतबार सरकारको निर्णय सुनाउँदै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि बढी भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। 

यसअघि देशभरका विद्यालय पनि माघ १५ गतेसम्म बन्द गर्ने निर्णय भइसकेको छ। 
 
प्रकाशित मिति: १५:५२ बजे, आइतबार, माघ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्