Kathmandu Press

भारतमा थप दुई लाख ७१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली , माघ २ : भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र...
भारतमा थप दुई लाख ७१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली , माघ २ : भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ। शनिबार परिक्षण गरिएका १६।२८ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ।  यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ७१ लाख २२ हजार १६४ पुगेको छ । 

सोही अवधिमा थप ३१४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८६ हजार ६६ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ। 

Hardik ivf

हाल यहाँ सात हजार ७४३ ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या १५ लाख ५० हजार ३७७ रहेका छन् । सक्रिय सङ्क्रमितको यो  संख्या कूल सङ्क्रमितको ४।१८ प्रतिशत भएको समाचारमा जनाइएको छ। 

भारतमा एक लाख ३८ हजार ३३१ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ५० लाख ८५ हजार ७२१ जनालाई कोरोना सङ्क्रमण निको भएको छ। यहाँ कोरोना भाइरस निको हुने दर ९५।५१ प्रतिशत रहेको जनाइएको छ । 

कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड २४ लाख ४८ हजार ८३८ भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५६ करोड ७६ लाखभन्दा बढी  कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ।  

प्रकाशित मिति: १४:२९ बजे, आइतबार, माघ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्